Thursday, 23 April 2026
×
अर्थ
   

विजय लघुवित्तको एफपीओ बाँडफाँड

६ माघ २०८२, मंगलवार

विजय लघुवित्तको एफपीओ बाँडफाँड

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड गरिएको छ । 

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज बाँडफाँड गरेको हो ।  जस अनुसार ४६ हजार ६८१ लगानी कर्ताले १०-१० कित्ता शेयर पाएका छन् भने अन्य ७ जनाले एक एक कित्ता शेयर पाएका छन् । 

लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०: ३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो । जसमा २१ लाख ९९ हजार २६ जनाले आवेदन दिएकोमा २१ लाख ९६ हजार ३४ आवेदन स्वीकृत भएका थिए ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९: २५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । 

बाँडफाँड गरिएको एफपीओको नतिजा केहि बेरमा मेरो सेयरको वेभसाइटबाट हेर्न सकिने बताइएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :