Tuesday, 21 April 2026
×
अर्थ
   

विजय लघुवित्तको एफपीओमा ५७ गुणा बढी आवेदन

२४ पुष २०८२, बिहिवार

विजय लघुवित्तको एफपीओमा ५७ गुणा बढी आवेदन

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ५७ गुणा बढी आवेदन परेको छ ।

लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०: ३० कायम गर्न पुस २१ गतेदेखि आजसम्म एफपीओ निष्काशन गरेको थियो ।

जसमा २२ लाख ९९ हजार २५२ जनाले २ करोड ६६ लाख ६६ हजार ९९० कित्ता शेयरका लागि आवेदन परेको छ ।

नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९: २५.६१ रहेको थियो । सोही अनुपात समायोजन लघुवित्तले एफपीओ निष्काशन गरेको हो ।

लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गरेको थियो । अब आवेदन दिएका मध्ये ४६ हजार ६८२ जनाले १०-१० कित्ताका दरलले शेयर पाउने हुनाले बाँकीको हात खाली हुने भएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :