वाणिज्य बैंकका सीईओहरूलाई बोलायो राष्ट्र बैंकले
२१ चैत्र २०७८, सोमवार
२१ चैत्र २०७८, सोमवार
वणिज्य बैंकको सीईओहरुलाई नेपाल राष्ट्र बैंकले छलफलको लागि बोलाएको छ।
राष्ट्र बैंकले छलफलको एजेण्डा थाहा नदिई सबै सीईओहरुलाई छलफल गर्न राष्ट्र बैंकको मुख्यालय बालुवाटरमा बोलाएको हो। हिमालयन बैंकका सीईओ अशोक राणाले नेपालखबरसँग कुरा गर्दै छलफलको लागि बोलाएको पुष्टि गरे।
उनले भने, ‘हामीलाई बोलाएको छ। तर राष्ट्र बैंकले के एजेन्डामा छलफलको लागि बोलाएको हो। त्यो भने थाहा छैन।’ समग्रमा अहिलेको बैंकिङ क्षेत्रमा उठेको विषयहरुमा नै छलफल गर्न बोलाएको हुनसक्ने उनले आकलन गरे।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव रहेको छ। साथमा कर्जा र निक्षेपको अनुपात अर्थात् सीडी रेसियो तोकिएको सीमाभन्दा माथि पुगेको छ।
त्यस्तै चालू आर्थिक वर्षको ९ महिना समेत सकिन लागेको छ। यो अवधिसम्मको समग्र अवस्थामा छलफल गर्न राष्ट्र बैंकले बोलाएको हुनसक्ने देखिएको छ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio