Tuesday, 21 April 2026
×
अर्थ
   

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

२५ पुष २०८२, शुक्रवार

वाटर इनर्जी सोलुसन लिमिटेडले आईपीओ जारी गर्ने

काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :