Sunday, 19 April 2026
×
राजनीति
   

आमाबुबाको आशीर्वाद लिएर विशेष महाधिवेशनमा आउँदै छु- गगन थापा

२७ पुष २०८२, आइतवार

आमाबुबाको आशीर्वाद लिएर विशेष महाधिवेशनमा आउँदै छु- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्ना आमाबाबुको आशिर्वाद लिएर विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जान लागेको बताएका छन् ।

सामाजिक सञ्जालमा तसबीर पोष्ट गर्दै महामन्त्री थापाले यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै गरेको उल्लेख गरेका छन् ।

संस्थापन पक्षले विरोध गरिरहेकै बेला काँग्रेसको विशेष महाधिवेशन आज र भोली भृकुटीमण्डपमा हुदैछ । यस विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा थापालाई सभापतिमा चयन गर्ने तयारी समेत भएको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :