Sunday, 19 April 2026
×
राजनीति
   

आशिकाको कुलमानलाई प्रश्न- भाईको ससुरा आफ्नै ससुरा हो कि होइन ?

२२ पुष २०८२, मंगलवार

आशिकाको कुलमानलाई प्रश्न- भाईको ससुरा आफ्नै ससुरा हो कि होइन ?

काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले ऊर्जामन्त्री कुलमान घिसिङ लक्षित पोष्ट गर्दै समानुपातिक सूचीप्रति अर्को कटाक्ष गरेकी छन‍् ।

आशिकाले ससुरा बा र भान्जाले नाम फिर्ता लिन नमानेको भन्दै आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा हो कि होइन भन्दै प्रश्न समेत गरेकी छन् । उनले भनेकी छन्- 'भनेपछि ससुरा बा र भान्जाले नाम फिर्ता लिन मानेनन्, आफ्नै रगतको भाइको ससुरा आफ्नै ससुरा होकी होइन ? अनि नाताले आफ्नो भान्जा पर्ने आफ्नो नातेदार हो की होइन ?'

कुलमानले आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै चौतर्फी विरोध जारी रहेको छ । चर्को आलोचनापछि कुलमानले सार्बजनिक रुपमा भने ससुरा र भान्जालाई सिफारिस नगरेको बताएका थिए । यद्यपी उनले पार्टी बैठकमा भने गल्ति भएको र सूची सच्याउने बताएका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :