Sunday, 19 April 2026
×
राजनीति
   
भिडियो
   
इतिहास
   

आयोजकमध्येका एक व्यक्तिले भने, ‘थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो ।’

२९ बैशाख २०८२, सोमवार

आयोजकमध्येका एक व्यक्तिले भने, ‘थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो ।’

 प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा दर्शकको उपस्थिति अत्यन्त न्यून देखिएको छ ।

५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए । आयोजकमध्येका एक व्यक्तिले भने, ‘थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो ।’

हलको अघिल्लो लहरमा केही व्यक्तिहरु सहभागी भए पनि पछाडितिर कुर्सीहरु खाली थिए ।  कार्यक्रममा सहभागीहरु पनि धैर्यपूर्वक बस्न सकेनन् । प्रहरीहरु पनि फुर्सदिला देखिन्थे ।

प्रधानमन्त्री ओलीले छोटो समय मात्र मन्तव्य थिए । समारोहमा प्रधानमन्त्री ओलीसँगै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको उपस्थिति छ ।

बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *