Tuesday, 21 April 2026
×
राजनीति
   

अभियन्ता सुमन सायमी आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै

३० पुष २०८२, बुधवार

अभियन्ता सुमन सायमी आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै

काठमाडौँ । अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । 

नेकपाले सायमीलाई आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा कार्यक्रम गरेर भित्र्याउने जानकारी दिएको छ ।  नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ । 

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । उनी हाल राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका छन् । 

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले  १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :