अबका आन्दोलनमा जनसहभागिता बढ्छ- महासचिव पोखरेल
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबका आन्दोलनका कार्यक्रमहरुमा सहभागिता बढ्ने बताएका छन् ।
महासचिव पोखरेलले मंगलबार बसेको सचिवालय बैठकका निर्णय सार्बजनिक गर्नेक्रममा पोखरेलले अबका आन्दोलनमा जनसहभागिता बढ्ने बताए । उनले अहिलेसम्म आफुहरुले सन्देश दिने किसिमले प्रदर्शन गरेको र अब आधारभूत तहबाटनै आन्दोलनलाई उठाउने दाबि गरे । उनले भने- 'हाम्रो तयारी आधारभूत तहदेखि नै आन्दोलनलाई सशक्त ढंगले उठाउने हिसाबले कार्यकर्ता परिचालन गरेर आन्दोलन उठाउने छौं । अबको आन्दोलनमा सहभागिता रहने छ ।'
महासचिव पोखरेलले एमालेले सबै भन्दा छिटो अवस्थालाई बुझेर अगाडी बढेको बताउदै अन्य दलहरु पनि छिटो सडकमा आउने विश्वास व्यक्त गरे ।
महासचिव पोखरेलले एमाले सडक, संसद र संवादबाट अगाडी बढ्ने बताउदै उनले आफुहरुले जनादेश अनुसार सरकारले गर्ने काममा अवरोध गर्ने नभएर संबिधान अनुसार काम गरोस भन्ने चाहेको बताए ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio