Sunday, 19 April 2026
×
खेलकुद
   

अफगानिस्तानले टस जित्यो, न्यूजील्याण्डले पहिला बलिङ गर्दै

२५ माघ २०८२, आइतवार

अफगानिस्तानले टस जित्यो, न्यूजील्याण्डले पहिला बलिङ गर्दै

काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह डी का अफगानिस्तान र न्यूजील्याण्डबीचको खेल केहि बेरमा शुरु हुदैछ ।

भारतको चेन्नईमा हुने यस खेलमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । यीसँगै न्यूजील्याण्डले पहिला बलिङ गर्ने भएको छ । दुवैको यस विश्वकपमा यो पहिलो खेल हो । 

यसखेलमा न्यूजिल्याण्डबाट मिचेल सान्टनर (कप्तान), फिन एलेन, टिम सेफर्ट (विकेटकीपर), रचिन रविन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरिल मिचेल, जेम्स निशाम, म्याट हेनरी, लोकी फर्गुसन, र ज्याकब डफी खेल्दैछन् ।  

त्यस्तै अफगानिस्तानबाट रशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज (विकेटकिपर),  इब्राहिम जद्रान, सेदीकुल्लाह अटल, दरविश रसौली, अजमातुल्लाह ओमरजाई,  गुलबादिन नैब, मोहम्मद नाबी, फजलहक फारुकी, जियाउर रहमान र मुजीब उर रहमान रहेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :