Tuesday, 21 April 2026
×
राजनीति
   

अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिसँग सजग हुनुपर्छ- महेश बस्नेत

७ माघ २०८२, बुधवार

अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिसँग सजग हुनुपर्छ- महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिबाट देशलाई जोगाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अल्गोरिदममार्फत देश कब्जा गर्न आएको शक्तिबाट देशलाई जोगाउनुपर्ने बताउदै भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने खतरनाक प्रयासलाई चिन्नै पर्ने बताएका छन् ।

उनले भनेका छन्- 'यस चुनावमा देश बनाउने एजेन्डा होइन, देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन् ।’

उनले साइबर फ्याक्ट्रीबाट निस्केका आवाजहरू जनताको वास्तविक आवाज नभएको भन्दै भ्रम, झुट र हेरफेरमार्फत जनमत कब्जा गर्ने यो खतरनाक प्रयासलाई हामीले चिन्नै पर्ने बताएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :