Thursday, 23 April 2026
×
राजनीति
   

अध्यक्ष ओलीको टिप्पणीबाट दुखि छु, निराश र विचलित छैन- योगेश भट्टराई

९ माघ २०८२, शुक्रवार

अध्यक्ष ओलीको टिप्पणीबाट दुखि छु, निराश र विचलित छैन- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक बिषयमा सार्वजनिक बहस नगर्ने बताएका छन् ।

नेता भट्टराईले आफुले टिकट नपाएपनि आफु निरास र विचलित नभएको भन्दै आफ्नो मिसन सुर्य चिन्ह र एमाले भएको स्पष्ट गरेका छन् ।

उनले अध्यक्ष केपी शर्मा ओलीको कुराबाट चिन्तित र दुःखी भएको बताउदै कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने आफुलाई बिश्वास नभएको बताएका छन् ।

भट्टराईले ओलीले हालै दिएको एक अन्तर्वार्तामा आफूसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा र विन्दा पाण्डेको बारेमा अध्यक्ष ओलीले गरेको टिप्पणी प्रति दुख गरेका छन् ।

ओलीले सो अन्तर्वार्तामा भनेका थिए- 'सुरेन्द्र पाण्डे र योगेश भट्टराईले जित्ने स्थिति रहेन यस पटक । बिन्दा पाण्डेको कुनै आधारै छैन । गोकुलजीले कार्यकर्ता पंक्तिमा अलि बढी विभाजन ल्याउनुभयो । त्यहाँको कार्यकर्ता पंक्ति हिजो एकढिक्का भएर लागेको थियो, आज उहाँले अलि विभाजित गर्दा अप्ठ्यारो स्थिति भयो कि ?'

ताप्लेजुङबाट अघिल्लो निर्वाचन जितेका भट्टराईलाई यस पटक एमालेले टिकट दिएको छैन ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :