Sunday, 19 April 2026
×
राजनीति
   

बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारी विशेष महाधिवेशनको पक्षमा

२६ पुष २०८२, शनिवार

बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारी विशेष महाधिवेशनको पक्षमा

काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारी विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । 

बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन र मोहन बहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी तथा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका हुन्  ।

उनीहरुले पुष २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनलाई उपस्थिति र सहभागिताका लागि प्रदेशका सबै महाधिवेशन प्रतिनिधि एवं काँग्रेसका अग्रज र शुभेच्छुकलाई आग्रह गरेका छन् ।

काँग्रेस विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएको अवस्थामा पक्षमा अहिले तीन दर्जन जिल्ला कार्यसमितिसहित प्रदेश कार्यसमितिहरुले पनि ऐक्यवद्धता जनाएका छन् । 

४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेको काँग्रेसका बहुमत प्रतिनिधि यस विशेष महाधिवेशनमा सहभागी हुने पक्षधरले दाबि गरेका छन् ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :