भाइरल बाल कलाकार सचिन परियारको दु:खद मृत्यु
१८ पुष २०८१, बिहिवार
१८ पुष २०८१, बिहिवार
भाइरल बाल कलाकार सचिन परियारको दु:खद मृत्यु
यो खबर ले हामी सबै लाई दुखी बनाएको छ बालगायक सचिन परियारको निधन भएको छ ।महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका उनको ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’लगायत गीत चर्चित छन् । के छ हजुर भन्ने थेगोका कारण निकै चर्चा मा आएका थिए यति बेला उनलाइ धेरै ले सामाजिक संजाल श्रध्दाञ्जलि दिरहेका छन्
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio