Sunday, 19 April 2026
×
राजनीति
   
अर्थ
   
भिडियो
   
फिचर
   
खेलकुद
   
इतिहास र अनुभूति
   
कभर स्टोरी
   
अन्तराष्ट्रिय
   
समाचार
   
विविध
   

भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति

२३ पुष २०८१, मंगलवार

भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति

भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टी स्थित चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । उनले भने, ‘चौकीको भवनमा सामान्य क्षति भएको छ ।’ चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा महसुस भएको थियो । सिगात्सेबाट ३५ किलोमिटर टाढा दिङ्गे क्षेत्रमा भूकम्प गएको हो । देशभरको क्षतिको विवरण प्रहरी र स्थानीय निकायहरूले सङ्कलन गरिरहेका छन् ।  भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको  धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *