Sunday, 19 April 2026
×
खेलकुद
   

भिनिसियसको गोलमा बेनिफिकामाथि रियल म्याड्रिडको बढ्त

६ फागुन २०८२, बुधवार

भिनिसियसको गोलमा बेनिफिकामाथि रियल म्याड्रिडको बढ्त

काठमाडौँ । रियल म्याड्रिडले बेनिफिका माथि १–० को महत्वपूर्ण जित हात पारेको छ । च्याम्पियन्स लिग नकआउट प्ले-अफको पहिलो लिगमा भएको खेलमा ब्राजिलियन स्टार भिनिसियस जुनियरको शानदार गोल नै खेलमा निर्णायक बनेको थियो ।

दोस्रो हाफमा भिनिसियसले उत्कृष्ट कर्लिङ प्रहारमार्फत बललाई जाली चुमाउँदै म्याड्रिडलाई अग्रता दिलाएका थिए । खेलको सुरुआती समयमा बेनिफिकाले दबाब बनाएको थियो, तर गोलरक्षक थिबाउट कोर्टोइसले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीलाई संकटबाट जोगाएका थिए ।

पहिलो हाफमा किलीयन एम्बाप्पेले बारमा प्रहार गर्दै बराबरीको अवसर गुमाएका थिए भने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले विङबाट आकर्षक पासहरू सिर्जना गरेका थिए ।

गोलपछि खेल विवादित बनेको थियो । भिनिसियसले बेनिफिकाका खेलाडी  जियानलुका प्रेस्टियानीबाट आफूविरुद्ध जातीय टिप्पणी भएको आरोप लगाएपछि खेल करिब १० मिनेट रोकिएको थियो । स्लवादसम्बन्धी प्रोटोकल अपनाएर खेल पुनः सुरु गरिएको थियो ।

खेलको अन्त्यतिर बेनिफिकाका प्रशिक्षक जोसे मोरिन्होलाई रातो कार्ड देखाइएको थियो । अन्तिम समयमा बेनिफिकाले दबाब बनाए पनि रियल म्याड्रिडले अग्रता जोगाउँदै दोस्रो लिगअघि महत्वपूर्ण बढत कायम गरेको छ । अब दोस्रो लिग फेब्रुअरी २६ मा हुने भएको छ ।

त्यस्तै च्याम्पियन्स लिगको प्लेअफका अन्य खेलमा पिएसजीले मोनाकोलाई ३-२ ले, बोरुसिया डोर्टमण्डले एटलान्टालाई २-० ले पराजित गरेको छ ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :