Thursday, 23 April 2026
×
खेलकुद
   

भारतविरुद्ध न्यूजील्याण्ड ७ विकेटले विजयी

१ माघ २०८२, बिहिवार

भारतविरुद्ध न्यूजील्याण्ड ७ विकेटले विजयी

काठमाडौँ । न्यूजील्याण्डले भारतविरुद्धको एकदिवसीय सिरिजमा कमब्याक गरेको छ । बुधबार राति सम्पन्न खेलमा न्यूजील्याण्डले भारतलाई ७ विकेटले पराजित गरेर सिरिजमा कमब्याक गरेको हो ।

भारतले दिएको २८५ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४७.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा डार्यल मिचेलले अविजित १३१ रन बनाएका थिए भने विल योंगले ८७ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले केएल राहुलको ११२ रनको शतकीय पारीसँगै ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनाएको थियो ।

न्यूजील्याण्डको यो जितपछि तीन खेलको एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ । यसअघि पहिलो खेल भारतले ४ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो तथा अन्तिम खेल जनवरी १८ मा हुदै छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :