Sunday, 19 April 2026
×
राजनीति
   

बालेन जहाँबाट उठेपनि हराउछौँ- हर्क साम्पाङ

१४ पुष २०८२, सोमवार

बालेन जहाँबाट उठेपनि हराउछौँ- हर्क साम्पाङ

काठमाडौं । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह जहाँबाट चुनाव लडेपनि हराउने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले बालेनलाई चुनावमा हराउने चेतावनी दिएका हुन् । उनले भनेका छन्- 'बालेनलाई चुनावमा हराउनेछौँ ! जहाँबाट उम्मेद्वारी दिन्छ त्यहीँ हामी हराउनेछौँ !'     

बालेन र रवि लामिछानेबीच एकता भएपछि उनी सामाजिक सञ्जालमा आक्रामक बन्दै हरेक दिन आलोचना गरिरहेका छन् । साम्पाङले दिनमा सय भन्दा पोष्ट गर्दै बालेन र रवि लामिछानेसहित कुलमान घिसिङलाई निशाना बनाउदै आएका छन् । एक पोष्टमा उनले भनेका छन्- 'कुलमान, रवि र बालेन यी तिनै जना एमसीसी पक्षधर हुन् ! नभए लु एमसीसीको विरोध गरेर देखाऊन् त ! देश बेचुवाहरु !'

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :