Thursday, 23 April 2026
×
राजनीति
   

बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

२७ फागुन २०८२, बुधवार

बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् ।

शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यो विजयले नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन् ।

उनले नव निर्वाचित नेपाल सरकारसँग मिलेर दुई देशबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा पाकिस्तानले राखेको पनि उल्लेख गरेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *