Tuesday, 21 April 2026
×
राजनीति
   

बालेनको शपथ कार्यक्रममा ओली अनुपस्थित

१३ चैत्र २०८२, शुक्रवार

बालेनको शपथ कार्यक्रममा ओली अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् ।

पिता मोहनप्रसादको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको कार्यलयलाई गराएको बताइएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा अनुपस्थित रहेका थिए । काँग्रेसका सभापति गगन थापा पनि शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *