Thursday, 23 April 2026
×
राजनीति
   

बालेनले गरे पाथीभरा देवीको दर्शन

९ माघ २०८२, शुक्रवार

बालेनले गरे पाथीभरा देवीको दर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवीको दर्शन गरेका छन् । चुनावी अभियानका बीच बालेनले शुक्रबार बिहानै पाथीभरा मन्दिर पुगेर पुजा गरेका छन् ।

झापा–५ का उम्मेदवारसमेत रहेका शाहले मुक्कुमलुङ पुगेर पाथीभरा माताको दर्शन गर्दै मन्दिर परिसरको अवलोकन गरेका थिए ।

बालेन चुनावी अभियानका क्रममा झापाबाट इलाम हुँदै बिहीबार साँझ ताप्लेजुङ पुगेका थिए । पाथीभरा दर्शनपछि उनी आजै पुनः झापा फर्किने कार्यक्रम रहेको बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :