बालेनलाई बधाई दिदै सुनिता डंगोलले भनिन्- जनतामा जागेको आशाको दियो ननिभ्ने गरी काम गर्नु
१३ चैत्र २०८२, शुक्रवार
१३ चैत्र २०८२, शुक्रवार
काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले प्रधानमन्त्री बालेन शाहलाई भेटेर बधाई दिदै महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताएकी छन् ।
सुनिताले सामाजिक सञ्जालमा लेख्दै मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका काठमाडौं महानगरको मेयर पद र म उपमेयर पदमा निर्वाचित भएपछि करीब साढे तीन वर्ष सँगसँगै काम गरेको स्मरण गरेकी छन् ।
उनले भनेकी छन्- 'आज आम नेपाली आमा-बुबा, दाजु-भाई, दिदी-बहिनीको मन जितेर तपाईँले सांसद हुँदै प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएको छ । तपाईंले प्राप्त गरेको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र मेरो व्यक्तिगत तर्फबाट पनि बधाई ।'
नवयुवाहरुको अभूतपूर्व आशा, भरोसा र विश्वासको गहकिलो जिम्मेवारी काँधमा बोकेर युवा उमेरका शाहले देशकै कार्यकारी नेतृत्व गर्ने गहन जिम्मेवारी प्राप्त गरेको बताउदै सुनिताले राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईँको नेतृत्वको सरकारले काम गर्ने र नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने आशा लिएको बताएकी छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio