Sunday, 19 April 2026
×
राजनीति
   

बादलको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

२२ पुष २०८२, मंगलवार

बादलको संयोजकत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले उपध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन् भने सदस्यहरूमा छविलाल विश्वकर्मा, डा. राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :