Sunday, 19 April 2026
×
राजनीति
   

चार उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

१७ चैत्र २०८२, मंगलवार

चार उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृत विहीन भएका ४ वटा उपमहानगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । 

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले ४ वटा उपमहानगरपालिका सहित प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयका लागि ६ जना सहसचिवको सरुवा तथा काजमा खटाउने निर्णय गरेको हो । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रदीप परियारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा गरेको छ । उनलाई प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवकारुपमा काजमा खटाइएको जनाइएको छ ।

यस्तै सामान्यमै अतिरिक्त समूहमा रहेका टेक नारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङको प्रमुख प्रशासकीय अधिकृतमा काजमा पठाएको छ भने दाङकै घोराही उपमहानगरपालिकामा चन्द्र प्रसाद भुसाललाई पठाएको छ । यस्तै बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकारुपमा दीपक ज्ञवालीलाई पठाएको छ भने धनुषाको जनकपुर उपमहानगरपालिकामा ज्ञान हरि घिमिरेलाई पठाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै सहसचिव नवराज शर्माको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *