Sunday, 19 April 2026
×
राजनीति
   

एकजुट हुन नेता कार्यकर्तालाई काँग्रेस महामन्त्री पौडेलको अपिल

१७ चैत्र २०८२, मंगलवार

एकजुट हुन नेता कार्यकर्तालाई काँग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस एकताका पक्षमा एकजुट हुन सबै नेता कार्यकर्तालाई अपिल गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अहिलेको प्रतिकुलतामा छिनभिन्न भएर बिग्रन नहुने बताउदै देशका हरेक संकटमा नेपाली काङ्ग्रेससँगै रहेर एकजुट रहेको र एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गरेर सफलता पनि हासिल गरेको स्मरण गरेका छन् ।

पछिल्ला दिनमा काँग्रेसको देउवा पक्षले समानान्तर गतिविधि बढाएपछि पौडेलले यस्तो अपिल गरेका हुन् । उनले अहिलेको प्रतिकुलतामा पनि छिन्नभिन्न भएर बिग्रनु हुन्न भन्दै पार्टी महामन्त्री मात्र नभै इमान्दार कार्यकर्ता भएर एकजुट हुन अपिल गरेका छन् । उनले भनेका छन् - 'अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं !’

महामन्त्री पौडेलले नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तालाई एकतामा नै शक्ति रहेको बताए ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *