Sunday, 19 April 2026
×
खेलकुद
   

एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का

१७ पुष २०८२, बिहिवार

एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का

काठमाडौँ । किलियन एम्बाप्पे घाइते भएपछि रियल म्याड्रिडलाई धक्का लागेको छ । रियल म्याड्रिडले एम्बाप्पेको इन्जुरी बारे जानकारी दिदै उनको बायाँ घुँडामा चोट लागेको बताएको छ ।

रियल म्याड्रिडले भनेको छ- रियल म्याड्रिड मेडिकल सर्भिसेजद्वारा आज हाम्रा खेलाडी केलियन एम्बाप्पेको परीक्षण पछि, उनको बायाँ घुँडामा मर्किएको पत्ता लागेको छ । उनको स्वास्थ्य लाभको अनुगमन गरिनेछ ।'

उत्कृष्ट फर्ममा रहेका एम्बाप्पेको इन्जुरीले रियल म्याड्रिडलाई ठुलो धक्का लागेको छ । एम्बाप्पेले यस सिजनले २९ गोल गरेका छन् भने ला लिगामा १८ गोल गरेका छन् ।

एम्बाप्पेको इन्जुरी शुरुमा सामान्य भनिएको भए पनि एमआरआईको रिपोर्टपछि इन्जुरी ठुलो भएको बताइएको छ । रियल म्याड्रिडले नयाँ बर्षपछि ला लिगाको खेल जनवरी ४ मा रियल बेटिससँग खेल्दैछ ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :