Sunday, 19 April 2026
×
राजनीति
   

एमाले संसदीय दलको नेता चयन निर्वाचनबाट, बादल र सुहाङबीच प्रतिष्पर्धा हुने

१८ चैत्र २०८२, बुधवार

एमाले संसदीय दलको नेता चयन निर्वाचनबाट, बादल र सुहाङबीच प्रतिष्पर्धा हुने

काठमाडौं ।  नेकपा एमाले संसदीय दलको नेता चयन निर्वाचनबाट हुने भएको छ ।

सहमतिमा चयन गर्ने विषयमा एकमत हुन नसकेपछि संसदीय दलको नेता निर्वाचनबाट चयन गरिने भएको हो । 

संसदीय दलको नेताका लागि पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने भएको छ ।

संसदीय दलको निर्वाचन आजै सम्पन्न हुने गरी तयारी शुरु गरिएको छ । 

उपाध्यक्ष रहेका रामबहादुर थापालाई सर्वसम्मत बनाउन युवा नेता सुहाङ नेम्वाङले अस्वीकार गरेपछि प्रतिस्पर्धा हुन लागेको एमाले नेताहरूले जानकारी दिएका छन्। 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *