Sunday, 19 April 2026
×
राजनीति
   

एमालेबाट भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

२१ पुष २०८२, सोमवार

एमालेबाट भक्तपुर-२ मा महेश बस्नेत एकल सिफारिस

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भक्तपुर-२ बाट एकल सिफारिस भएका छन्।

निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

बस्नेत २०७४ को निर्वाचनमाा यसै क्षेत्रबाट निर्वाचित थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए ।  बस्नेतले उम्मेदवारको दाबेदारी गर्ने नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :