Sunday, 19 April 2026
×
राजनीति
   

एमालेबाट राष्ट्रिय सभाका लागि ८ उम्मेदवार को को छन् ?

२३ पुष २०८२, बुधवार

एमालेबाट राष्ट्रिय सभाका लागि ८ उम्मेदवार को को छन् ?

काठमाडौँ ।  नेकपा एमालेले राष्ट्रिय सभाका लागि ८ उम्मेदवार उठाउने भएको छ । नेपाली कांग्रेस र जसपा नेपालसँग मात्र तालमेल हुने भएपछि एमालेको भागमा ८ सिट परेको हो । 

नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे र सोम पोर्तेल, बागमतीमा डा. प्रेम दंगाल, मधेशमा रेखा झा, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।

राष्ट्रिय सभाका १८ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्य तालिका रहेको छ । तालमेलमा नेपाली कम्युनिष्ट पार्टीसँग कुरा नमिलेपछि १८ सिट मध्ये काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिट लिने गरि सहमति भएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :