Tuesday, 21 April 2026
×
खेलकुद
   

एन्फाको निर्वाचन प्रक्रिया स्थगित

६ माघ २०८२, मंगलवार

एन्फाको निर्वाचन प्रक्रिया स्थगित

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ ।

एन्फाको निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीले माघ २८ गतेका लागि तोकिएको एन्फाको निर्वाचन उच्च अदालत पाटनको माघ ४ गतेको आदेश अनुसार अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदले दिएको निर्देशन विपरित एन्फा निर्वाचन प्रक्रियामा गएपछि विवाद बढेको छ । एन्फा पदाधिकारीले निर्वाचन विधान विपरित हुन लागेकोले रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका थिए । एन्फाले भने निर्वाचनको स्वीकृतका लागि निवेदन दिएको थियो । यसअघि राखेपले २१ गते विधान संशोधनसहित तहगत निर्वाचन गर्न निर्देशन दिएको थियो । राखेपको निर्देशन विपरित एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएपछि अमित खत्रीले उच्च अदालतमा रिट दायर गरेका थिए ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :