गगन थापाले वारेसमार्फत गराए सर्लाही- ४ मा मनोनयन दर्ता
६ माघ २०८२, मंगलवार
६ माघ २०८२, मंगलवार
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधिसभाका चुनावका लागि सर्लाही-४ मा वारेस मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।
सभापति थापाले उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेका छन् । यसअघि काठमाडौं-४ बाट विजयी हुदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका हुन् ।
उम्मेदवार छनौटमा व्यस्त हुदा सर्लाही पुग्न नभ्याएका थापाले नेता वीरेन्द्र सिंहलाई वारेस दिएर उम्मेदवारी दर्ता गरेका छन् । थापासँगै यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. अमरेशकुमार सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट डा. रजनिश यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव र नेकपा एमालेबाट रविशङ्कर कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio