गृहमन्त्री गुरुङले गरे प्रहरी प्रधान कार्यालयको निरिक्षण
१६ चैत्र २०८२, सोमवार
१६ चैत्र २०८२, सोमवार
काठमाडौँ । गृहमन्त्री सुदन गुरूङले नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।
सोमबार निरीक्षणका क्रममा उनले विभिन्न शाखा, प्रयोगशाला र सेवा इकाइको अवलोकन गर्दै प्रहरीको कार्यसम्पादनबारे जानकारी लिएका थिए । उनले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी प्रभावकारी रूपमा निभाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ निर्धक्क र व्यावसायिक ढंगले काम गर्न निर्देशन दिए ।
गृहमन्त्री गुरूङले नागरिकसँगको सम्बन्ध सुदृढ बनाउँदै शिष्ट व्यवहारसहित सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । साथै, विपद् व्यवस्थापन र शान्ति सुरक्षामा प्रहरीको भूमिका अझ सुदृढ बनाउन आवश्यक साधनस्रोत र तालिमको व्यवस्था गरिने पनि बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री, जनमुखी र उत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्रीबाट प्राप्त निर्देशनले प्रहरीको मनोबल बढ्ने विश्वास व्यक्त गरेका छन् ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio