Thursday, 23 April 2026
×
राजनीति
   

हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा

४ माघ २०८२, आइतवार

हर्क साम्पाङले दिए मेयर पदबाट राजीनामा

सुनसरी । धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले पदबाट राजीनामा दिएका छन् । साम्पाङले आइतबार उपप्रमुख आइन्द्रविक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन् ।

श्रम संस्कृति पार्टी खोलेर सक्रिय राजनीतिमा होमिएका साम्पाङ प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवार बन्ने तयारी गरेका छन्  ।

त्यस्तै धरान उपमहानगर–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाटनै साम्पाङविरुद्ध उम्मेदवार बनाएको छ ।

सुनसरी-१ मा अघिल्लो निर्वाचनमा तत्कालिन जसपा नेपालबाट अशोक राई विजयी भएका थिए ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :