Tuesday, 21 April 2026
×
राजनीति
   

ईनिशा विकको हत्याका दोषीलाई कारवाही गर्न गृहमन्त्री अर्याललाई परिवारको माग

२ चैत्र २०८२, सोमवार

ईनिशा विकको हत्याका दोषीलाई कारवाही गर्न गृहमन्त्री अर्याललाई परिवारको माग

काठमाडौँ । सुर्खेतमा बालिका ईनिशा विक हत्या सम्बन्धी घटनाको शीघ्र छानविन गरि संलग्न दोषीलाई कानुन बमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।

पीडित परिवारकोतर्फबाट ईनिशा विकका दाई चन्द्र बहादुर बिक र तपेन्द्र विकले सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी घटनाको सत्यतथ्य सार्वजनिक सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन ।

साथै यस्ता प्रकारका महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराधका घटनाहरु दोहोरिन नदिन तथा न्यायको सुनिश्चितता र सुरक्षित् समाज निर्माणका लागि सम्बन्धित निकाय, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाले गम्भीरतापुर्वक ध्यान दिन पीडित परिवारले माग गरेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने बताए । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनैपनि प्रकारका आपराधिक घटना र अवान्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कामय गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको बताए ।

गत फागुन २३ गते सुर्खेतको विरेन्द्रनगर–४ सहितदपार्क नजिकै जनजागरण सामुदायिक बनमा १६ वर्षीय बालिका ईनिशा वि.क.को बलात्कारपछि हत्या भएको थियो ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *