Tuesday, 21 April 2026
×
खेलकुद
   

जिम्बाबेमाथि नेपालको शानदार जित, विश्वकपमा छनौटको सम्भावना कायमै

१० माघ २०८२, शनिवार

जिम्बाबेमाथि नेपालको शानदार जित, विश्वकपमा छनौटको सम्भावना कायमै

काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले जिम्बाबेलाई पराजित गरेको छ ।

शनिबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो । 

जिम्बाबेले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा पुजा महतोले अविजित ५२ रन बनाएकी थिइन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपालका लागि बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने कबिता कुवेर, पुजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिएकी थिइन् ।

यो नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हो । अब नेपालले आफ्नो समुह चरणको अन्तिम खेल सोमबार स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यस्तै प्रतियोगितामा जिम्बाबेले भने लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :