Tuesday, 21 April 2026
×
खेलकुद
   

जिम्बाबेविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्दै

१० माघ २०८२, शनिवार

जिम्बाबेविरुद्ध टस जितेर नेपालले पहिला बलिङ गर्दै

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज जिम्बाबेको सामना गर्दैछ । यो खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा जिम्बाबेले पहिला ब्याटिंग गर्ने भएको छ ।

यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल जिम्बाबेविरुद्धको खेल जित्नैपर्ने अवस्थामा रहेको छ । यो खेलमा हार बेहोरेमा नेपाल बाहिरिने छ ।  

समुह बी अन्तर्गत नेपालले पहिलो खेलमा थाइल्याण्डसँग र दोस्रो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको छ । नेपालले आज जिम्बाबेसँग खेल्दैछ भने समुह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डसँग सोमबार हुने तालिका छन् । त्यस्तै जिम्बाबेले पनि यसअघिका दुवै खेलमा हार बेहोरेकाले उसका लागि पनि यो खेल जित्नै पर्ने अवस्था रहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :