Tuesday, 21 April 2026
×
राजनीति
   

जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सर्यो

१ चैत्र २०८२, आइतवार

जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सर्यो

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टीको महाधिवेशन मिति सार्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सचिवालय समितिको बैठकले चैत २० र २१ गतेका लागि तय गरिएको महाधिवेशन २०८३ असोज ९ र १० गते गर्ने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा क्षेत्रीय तहमा चैत ७ गतेसम्म सम्पन्न गरी लिखित प्रतिवेदन केन्द्रीय सचिवालयमा पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी सबै जिल्लामा तदर्थ जिल्ला पदाधिकारी चयन गर्न जिल्ला समन्वय समितिका सदस्यबाट बढीमा सात जनासम्मको टोली चैत १४ गतेभित्र चयन गर्ने निर्णय गरिएको छ ।  

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *