Tuesday, 21 April 2026
×
राजनीति
   

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले भोली शपथ लिदै

८ चैत्र २०८२, आइतवार

ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले भोली शपथ लिदै

काठमाडौँ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीको शपथ भोलि हुने भएको छ । 

उनले भोलि बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट सांसदको पद  तथा गोपनियताको शपथ लिन लागेका हुन् । 

नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएपछि उनैले आगामी चैत १२ गते अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिरहेको छ । 

१२ गते सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी समेत शुरु भएको छ । उनले शीतल निवासमै शपथ लिने तयारी गरिएको छ । बालेनलाई रास्वपाले सम्भवत विहिबार संसदीय दलको नेता चयन गरेर औपचारिकता पुरा गर्ने छ । रास्वपाले यसअघि नै बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गर्ने बताएको छ   

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *