ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले राष्ट्रपति पौडेलबाट लिए शपथ
११ चैत्र २०८२, बुधवार
११ चैत्र २०८२, बुधवार
काठमाडौँ । प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शपथ लिएक छन् ।
राष्ट्रपति रामचन्द पौडेलले शितल निवासमा जेष्ठ सदस्य केसीलाई सांसदको शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसको समानुपातिकबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट शपथ लिएसँगै अब उनले विहिबार अन्य सांसदहरुलाई शपथ गराउनेछन् । सांसदहरुको शपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हललाई तयार गरिएको छ ।
विहिबार सांसदहरुको शपथपछि चैत्र १३ गते शुक्रबार नयाँ प्रधानमन्त्रीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले शपथ लिने तयारी गरिएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio