Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेस बिशेष अधिवेशन: बन्दसत्र शुरु, निर्वाचन समिति गठन

२९ पुष २०८२, मंगलवार

काँग्रेस बिशेष अधिवेशन: बन्दसत्र शुरु, निर्वाचन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको मंगलबारको बन्द सत्र शुरु भएको छ ।

संस्थापन पक्षसँग वार्ताको पहल भइरहेका बेला भृकुटीमण्डपमा बन्दसत्र शुरु भएको हो । बन्द सत्रमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी छन् ।

यसैबीच बन्दसत्रले पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । वरिष्ठ अधिवक्ता सीताराम केसीको संयोजकत्व गठन गरिएको निर्वाचन समितिमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन् ।

विशेष महाधिवेशनले सोमबार पारित गरेको कार्यविधिमा उल्लेख भए अनुसार निर्वाचनसम्बन्धी कार्यविधि तय गरी निर्वाचन सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको आयोजकले जानकारी दिएका छन् ।

यसबीच आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक दिउसो १ बजेका लागि सारिएको छ ।

विशेष महाधिवेशनमा आज समुहगत छलफलका निष्कर्ष सुनाएर दुवै महामन्त्रीहरुले पेश गरेका प्रतिवेदन पारित गर्ने र त्यसपछि नेतृत्व चयनको प्रक्रियामा अगाडी बढ्ने बताइएको छ । 

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :