Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए राजीनामा

८ माघ २०८२, बिहिवार

काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । 

विशेष महाधिवेशनबाट सभापति गगन थापा विजयी भएर कानुनी मान्यता समेत पाएपछि शुक्रबार पदभार ग्रहण गर्ने भएपछि पौडेलले राजीनामा दिएका हुन् ।

थापाले शुक्रबार पार्टी कार्यालयमा पदभार ग्रहण गर्दैछन् भने त्यसपछि केन्द्रीय समितिको बैठक समेत बोलाएका छन् ।

हाल राष्ट्रिय सभाका सांसद समेत रहेका पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए ।

काँग्रेसमा केन्द्रीय कार्यालय महामन्त्रीको अन्तर्गत पर्दछ भने मुख्य सचिवले पार्टी कार्यलयको दैनिक काम कारवाही हेर्ने गर्दछन । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :