Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरको नाराबाजी, नेता निधिसँग विवाद

२२ पुष २०८२, मंगलवार

काँग्रेस केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन पक्षधरको नाराबाजी, नेता निधिसँग विवाद

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएर नाराबाजी शुरु गरेका छन् ।

विशेष महाधिवेशनको तयारी भइरहेको अवस्थामा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनको निर्णय गर्न दबाब दिएका हुन् । पार्टी कार्यालयमा नेता विमलेन्द्र निधीसँग कार्यकर्ताको विवाद भएको थियो । निधि विशेष महाधिवेशनको विपक्षमा रहेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी भएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि पार्टी नेतृत्वले विधानको व्यवस्थालाई बेवास्था गरेको भन्दै बहुसंख्यक नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । 

विशेष महाधिवेशनका पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशन पक्षधरलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ रहेको छ ।

यसअघि पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएपछि संस्थापन पक्षले बहुमतले निर्णय गर्दै नियमित महाधिवेशनलाई वैशाखका लागि सारेको छ । 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :