काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै
६ फागुन २०८२, बुधवार
६ फागुन २०८२, बुधवार
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार आज केन्द्रीय समितिको बैठक बिहान ११ बजे भर्चुअलरुपमा बस्ने भएको छ ।
बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने दुलालले जानकारी दिएका छन् ।
आजको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थिति हुने भएको छ ।
No comments yet. Be the first to comment!
© 2024 Koti News
Designed by : Global Studio