Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

२५ पुष २०८२, शुक्रवार

काँग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । विशेष महाधिवेशन बारे विवाद बढिरहेका बेला नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पुष २७ र २८ गते विशेष महाधिवेशन गर्ने भन्दै तयारी तिब्र भएपछि संस्थापन पक्षले यसलाई रोक्ने प्रयास गरिरहेको छ । यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो । पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ ।

विशेष महाधिवेशनको पक्षमा विभिन्न जिल्ला सभापतिहरु खुल्न लागेपछि संस्थापन पक्ष दबाबमा रहेको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :