Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेस नेता सुनिल शर्माविरुद्ध आयोगमा उजुरी, पैसा बाँडेको आरोप

१५ माघ २०८२, बिहिवार

काँग्रेस नेता सुनिल शर्माविरुद्ध आयोगमा उजुरी, पैसा बाँडेको आरोप

विराटनगर । नेपाली काँग्रेसबाट मोरङ-३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका सुनिलकुमार शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । 

शर्माले चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले पैसा बाँडेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो ।

मोरङ-३ बाट राष्ट्रिय ऊर्जाशील पार्टीका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माले ‘यमबुद्ध फाउन्डेसन’लाई १० लाख दिएको आरोप लगाउँदै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा उक्त रकम निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गर्दै आवश्यक कारबाहीको माग गरिएको छ । आयोगले उजुरीमाथि छानबिन भइरहेको र रकम दिएको प्रमाण फेला परेमा कानुनी प्रक्रिया अगाडी बढाउने बताएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :