Sunday, 19 April 2026
×
राजनीति
   

काँग्रेस विशेष महाधिवशेन: प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

२७ पुष २०८२, आइतवार

काँग्रेस विशेष महाधिवशेन: प्रतिनिधिको दर्ता शुरु, ६ स्थानबाट जुलुस भृकुटीमण्डप पुग्ने

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरू हुँदैछ । विशेष महाधिवेशनका लागि सबै तयारी शुरु भएको र विहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गराउन शुरु गरिसकेका छन् ।

महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरुले आफ्नो नाम दर्ताका लागि भृकुटीमण्डपको गेटमै व्यवस्था गरिएको छ । नाम दर्ता गर्न आउँदा परिचय खुल्ने परिचय पत्र, एक प्रति फोटो र एक हजार रूपैयाँ दर्ता शुल्क लाग्ने व्यवस्था गरिएको छ । 

 विशेष महाधिवेशनको उद्घाटन समारोह १ बजेदेखि शुरु हुदैछ ।  त्यसअघि बिहान ११ बजे विभिन्न ६ स्थानबाट जुलुससहितका नेता कार्यकर्ता भृकुटीमण्डपमा पुग्ने विशेष महाधिवेशन जनपरिचालन समितिले जानकारी दिएको छ ।  

जस अनुसार काठमाडौँका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछ भने ललितपुरको कुपण्डोलबाट अर्को जुलुस झाँकीसहित भृकुटीमण्डपमा आउने बताइएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :