Wednesday, 22 April 2026
×
राजनीति
   

काँग्रेसबाट काठमाडौँ- ५ मा महामन्त्री पौडेल उम्मेदवार

६ माघ २०८२, मंगलवार

काँग्रेसबाट काठमाडौँ- ५ मा महामन्त्री पौडेल उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौं- ५ बाट उम्मेदवार बनाएको छ । 

कांग्रेस संसदीय बोर्डले पौडेललाई काठमाडौं-५ बाट टिकट दिएको हो । 

पौडेलले अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट एमाले नेता ईश्वर पोखरेललाई पराजित गरेका थिए ।  उनले पोखरेललाई ५ हजार ७९ मत अन्तरले पराजित गरेका थिए । यस पटक पनि पौडेलको प्रतिष्पर्धा पोखरेलसँगै हुने भएको छ । 

यस क्षेत्रमा रास्पवाले आशिफ शाहलाई र राप्रपाले कमल थापालाई उम्मेदवार बनाएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :