Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेसबाट मोरङ-३ मा सुनिल शर्मालाई टिकट

५ माघ २०८२, सोमवार

काँग्रेसबाट मोरङ-३ मा सुनिल शर्मालाई टिकट

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल कुमार शर्मा मोरङ ३ बाट टिकट पाउने निश्चित भएको छ । काँग्रेसमा जारी विवादका बीच शर्मा मोरङ-३ बाट उम्मेदवार बन्ने निश्चित भएको हो । 

उनी गत निर्वाचनमा सोहि निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । उनले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मत अन्तरले पराजित गरेका थिए ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएपछि शर्माले यसलाई स्वीकार गरेर निर्वाचनमा जानुपर्ने बताएका थिए ।

 

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :