Thursday, 23 April 2026
×
राजनीति
   

काँग्रेसको गगन पक्षलाई निर्वाचन आयोगले बोलायो

२ माघ २०८२, शुक्रवार

काँग्रेसको गगन पक्षलाई निर्वाचन आयोगले बोलायो

काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले आज दिउँसो २ बजे पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाएको हो ।

यसअघि आजै कांग्रेसको देउवा पक्ष आजै निर्वाचन आयोग पुगेर पदाधिकारी भेट्दै विशेष महाधिवेशन अवैधानिक भएको र आफुहरुनै आधिकारिक भएको दाबी पेश गरेका थिए ।

काँग्रेसमा दुई पक्षबीच आधिकारिकता विवाद भएपछि आयोगले छलफल अगाडि बढाएर छिटै निर्णय लिने संकेत दिएको छ ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *
  
  
Tags :