Tuesday, 21 April 2026
×
राजनीति
   

काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने

१० चैत्र २०८२, मंगलवार

काँग्रेसको केन्द्रीय समिति बैठक भोलि पनि बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आजको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । 

बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

आजको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।  

केन्द्रीय सदस्यहरुले बोल्नेक्रम नसकिएकाले बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

  
Comments

No comments yet. Be the first to comment!

  
Leave a Reply
Your email address will not be published. Required fields are marked *